सिटिजन लाइफको ‘सिटिजन जीवन सारथी’ बीमा योजना



काठमाडौं । ‘वाचुन्जेलको साथी, अब एउटैै बीमा काफी’ भन्ने नाराका साथ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सिटिजन जीवन सारथी बीमा’ नामक बीमा योजना सार्वजनिक गरेको छ ।

बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएको यस योजना कान्तिपथ स्थित कार्यलयमा एक कार्यक्रमार्फत सार्वजनिक गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत कवी फुयालले संयुक्त रुपमा योजना सार्वजनिक गरेका थिए ।

जीवन बीमा कम्पनीहरुमा मुत्यु लाभको सुविधा सम्बन्धि योजनाहरु सञ्चालनमा रहेकोमा बीमा बजारमा सोभन्दा नवीन तथा आकर्षक बीमा योजनाहरु ल्याइरहेको उक्त इन्स्योरेन्सले प्रस्तुत गरेको यो योजनमा बीमितको आफ्नै जीवनकालमा दुई गुणा बीमाङ्क तथा बोनस समेत भुक्तानी भै बीमितले बीमा रकमको अधिक उपयोग गर्ने गरी ल्याइएको जनाइएको छ ।

नेपालमै पहिलो पटक जीवन लाभको आकर्षक सुविधा प्रदान गरेको कम्पनीको भनाइ छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले सार्वजनिक गरेको योजनले ग्राहकको आर्थिक सुरक्षा र जीवनको सुनिश्चित भविष्यलाई विशेष ध्यानमा राखि जीवन बीमाको सबै सुविधा अफ्नै पालामा पाउने गरी योजना बजारमा ल्याएको जानकारी दिए ।


क्लिकमान्डु