फेसबुकबाट पैसा लिन यसो गर्नुहोस्



डाटा चोरीको विषयले फेसबुक अत्याधिक चर्चामा छ । विश्वको लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले लगातार दुईदिन फेसबुकको डाटा चोरीको विषयमा अमेरिकी कंग्रेसमा बयान समेत दिइसकेका छन् ।

डाटो चोरीको घटनापछि फेसबुकले यसलाई सुरक्षित बनाउनको लागि नयाँ उपायको समेत खोजी गरेको छ ।

फेसबुकले विभिन्न खालका परिवर्तनसँगै फेसबुकले डाटा चोरीको जानकारी दिनेलाई पुरस्कार समेत दिने घोषणा गरेको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले अमेरिकी कंग्रेसम यस्तो घोषणा गरेका थिए ।

फेसबुकका अनुसार यस्तो व्यक्तिलाई पुरस्कार दिन्छ जसले फेसबुकको प्लेटफर्म प्रयोग गरेर चल्ने एपले डाटाको थर्ड पार्टीलाई बिक्री गरेको छ । डाटा कम्पनी क्याम्ब्रिज एनालिटिकाले ५ करोड प्रयोगकर्ताको गोप्य विवरण चोरेको सार्वजनिक भएको थियो ।

यस्ता व्यक्तिलाई फेसबुकले ५ सय अमेरिकी डलरदेखि ४० हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको हो ।

फेसबुकका संस्थापक जुकरबर्गले अमेरिकी संसद् समक्ष उपस्थित भएर प्रयोगकर्ताको विवरण गोप्य राख्न पूर्ण प्रयास गर्ने लिखित जानकारी दिएका थिए ।

क्याम्ब्रिज एनालिटिकाले डाटा चोरेपछि फेसबुकको सेयर मुल्यपनि घटिरहेको छ । मार्कले सार्वजनिक रुपमा यो घटनाप्रति माफी समेत मागेका छन् । ऐजेन्सी


क्लिकमान्डु