नयाँ बर्षमा मौका छोप्ने हो ? यहाँ छ ५० प्रतिशतसम्म छुट




काठमाडौं । नयाँ वर्ष २०७५ लाई मध्येनजर गर्दै कपडा विक्रेताहरुले विभिन्न अफर ल्याएका छन् । नयाँ बर्षको अबसरमा एउटा किन्दा एउटा सित्तैमादेखि ५० प्रतिशत छुटसम्मको व्यवस्था गरेका छन् ।

पुतलीसडकको निभा फेसनले नयाँ बर्षकै लागि बाइ वान गेट वान फ्रिको व्यवस्था गरेको छ । चैत २६ गतेदेखि सुरु भएको यो अफर बैशाख ५ गतेसम्म चल्ने निभा फेसनकी ललिता पौडेलले बताइन् ।

सो फेसन स्टोरमा ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका कुर्था सलवार रहेका छन् । साथै १ हजार ५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँ पर्ने टप्सहरु विक्री भइरहेका छन् । यी टप्स तथा कुर्थाहरु आमाको मातातिर्थ औँशीसम्म बाइ वान गेट वान फ्रिको अफर राखिएको पौडेलको भनाइ छ ।

नागपोखरीको लजिमास् कलेक्सनले स्टक क्लियरिन र नयाँ वर्षकै लागि २० देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ । यो अफर यही बैशाखसम्म चल्ने व्यवसायी लजिमा शुब्बाले बताइन् । यो अफर लेहेङगा, कुर्था सलवार, गाउन, सारी र वानपिसहरुमा राखिएको छ ।

सो कलेक्सनमा ३ हजार ५ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका विभिन्न डिजाइनका लेहेङगा विक्रीका लागि राखिएको शुब्बाले बताइन् । यस्तै १ हजार ५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँ पर्ने कुर्था सलवारहरु पनि छुटमा बिक्री भइरहेको छ ।

सो सपमा ७ हजार ५ सय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मका डिजाइनर गाउन विक्रीका लागि राखिएको शुब्बाले बताइन् । २ हजार ५ सयदेखि २० हजार रुपैयाँसम्मका सारी विक्रीका लागि अफरसहित राखिएको छ । वानपिसहरु २ हजार ५ सय रुपैयाँदेखि ४ हजार ५ सय रुपैयाँसम्मका विक्रीमा राखिएको उनले जानकारी दिइन् ।

उनले रेडिमेट कपडा आफुले सस्तोमा बेच्ने गरेपनि आफै डिजाइन हालेर बनाउने गरेको कपडा अलि महंगो पर्ने उनको भनाइ छ ।

बालुवाटारमा रहेको स्मृति फेसन हबमा नयाँ वर्षको लागि ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । बैशाख १ गतेसम्म चल्ने यो अफर चैत्र २५ गतेदेखि सुरु भएको स्मृति फेसन हबकी सम्झना श्रेष्ठले बताइन् ।

थाइल्याण्डबाट आएका क्याजुअल तथा फर्मल ड्रेसमा यो अफर राखिएको हो । उनको सपमा १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका लेडिज कपडाहरु विक्री भइरहेको उनले जानकारी दिइन् ।

नागपोखरीमा रहेको सासे आउटफिटले २० प्रतिशत छुटको व्यवस्था गरेको छ । सो स्टोरमा लेडिज कपडा छन् । यस्तो अफर बैशाखसम्म चल्लने ब्यापारी मुना राईले जानकारी दिइन् ।

सासे आउटफिटमा १ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँसम्मका लेडिज कपडा छन् ।

भाटभटेनीमा रहेको रुबी कलेक्सनमा ५० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । स्टक क्लियरेन्स तथा नयाँ वर्षका लागि चैत १५ गतेदेखि सुरु भएको यो अफर बैशाख ११ गतेसम्म चल्ने कलेक्सनकी व्यवसायी आशा सिलवालले बताइन् ।

कुर्था सलवार, साडी, टिसर्ट र वान पिस कपडाहरुमा यो अफर राखिएको हो ।

सो सपमा १ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्मका साडीमा यस्तो अफर राखिएको छ । कुर्था सलवार १ हजार ५ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । टिसर्ट १ हजार रुपैयाँदेखि १ हजार २ सय रुपैयाँमा विक्री भइरहेको छ । वानपिस १ हजार ८ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा विक्रीका लागि राखिएको सिलवालले बताइन् ।

यस्तै नक्सालमा रहेको मास्टर थ्रेडसमा रहेका स्पोट्सका सामाग्रीमा २० देखि ५० प्रतिशतसम्मको छुट अफर राखिएको छ । थ्रेडस्मा फ्याक्ट्री आउटले विक्री गर्ने गरिएको ब्यापारी नकिता श्रेष्ठले बताइन् ।

यहाँ आउने सबै जसो स्पोर्टस् कपडा तथा जुत्ताहरु भारतबाट आउने गरेको श्रेष्ठले बताइन् । १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका सामाग्रीहरु यहाँ विक्री भइरहेको छ । यहाँ विक्रीका लागि राखिएको जेन्स जुत्तामा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै लेडिजका जुत्तामा ३५ प्रतिशत छुट रहेको उनले जानकारी दिइन् ।

स्पोर्टका अन्य कपडामा भने ३० देखि ४० प्रतिशतसम्मको छुट राखिएको छ । यस्तै पन्जामा ५० प्रतिशत छुट राखिएको छ भने झोलामा ४० प्रतिशत छुटको व्यवस्था गरिएको श्रेष्ठले जानकारी बताइन् ।

डिल्लीबजारको केटिएम सिटीले बाइ टु गेट वान फ्रिको व्यवस्था गरेको छ । १ सय ९० रुपैयाँदेखि १ हजार ९ सय ९० रुपैयाँसम्मका सबै स्पोर्ट कपडाहरुमा बाइ टु गेट वान फ्रिको व्यवस्था गरिएको ब्यापारी सिल्पा राईले बताइन् ।


क्लिकमान्डु