नयाँ वर्षमा यहाँ हुँदै छ, लाइभ कन्सर्टदेखि छुटसम्मको व्यवस्था




काठमाडौं । नयाँ वर्ष सुरु हुन २ दिन मात्र बाँकी छ । नयाँ वर्षको आगमनलाई ध्यानमा राख्दै विभिन्न क्याफे तथा रेस्टुरेन्टहरुले अफर तथा कनसर्टको व्यवस्था गर्ने भएका छन् । न्यूयर इभ र न्यूयरकै लागि कतिपय क्याफेले टिकटको समेत व्यवस्था गरेका छन् ।

सेर्पा मलमा रहेको म्याजिक बिनले नयाँ वर्षकै लागि चैत्र ३० गते राति १२ बजेसम्म अफ्नो सर्भिस दिने भएको छ । यस्तै वैशाख १ गतेदेखि १ हप्तासम्मका लागि १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको म्याजिक बिन्स क्याफेका म्यानेजर बिजय बज्रचार्यले बताए ।

ठमेलमा रहेको धुरी ग्यालरी लाइटस क्याफेले नयाँ वर्षकै लागि लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ । क्याफेले नयाँ वर्षको दिन बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म बाई टु गेट वान फ्रि ककटेलको पनि व्यवस्था गरेको क्याफेमा कार्यरत सुशान भुजेलले बताए ।

यस्तै ठमेलमै रहेको जात्रा क्याफे एण्ड बारले नयाँ वर्षको दिन कन्सर्ट आयोजना गर्ने भएको छ । नयाँ वर्षकै लागि क्याफेले कुनै पनि स्न्याक्स, मेनकोर्श र कुनै पनि पेय पदार्थका लागि प्याकेजको पनि ब्यवस्था गरेको छ । प्रतिव्यक्ति १५ हजारमा यी मध्ये मेनुबाट जुनसुकै कुरा ग्राहले छानेर खान सक्ने व्यवस्था मिलाउन लागेको क्याफेका क्यासियर कुमार डङगोलले बताए ।

सिसा क्याफे एण्ड बारले पनि नयाँ वर्षको लागि सांगितिक कन्सर्टको व्यवस्था गरेको छ । नयाँ वर्षको दिन र नयाँ वर्षको अघिल्लो दिनका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकटको पनि व्यवस्था गरिएको क्याफेका क्यासियर संगित थापाले बताए । ठमेलस्थित सो क्याफेले न्यूयर इभ र न्यूयरको दिनका लागि पेम्प्लिमेटरीको रुपमा बियर दिने व्यवस्था गरेको छ ।

लाजिमपाटमा रहेको तिर्सरा रेस्टुरेन्टले नयाँ वर्षको दिन प्रयास ब्याण्डको लाइभ कन्सर्ट राख्ने भएको छ । कन्सर्टमा डिजेको पनि व्यवस्था गरिने छ । नयाँ वर्षको दिन इम्पोटेड डिल र लोकल डिलको प्याकेजको व्यवस्था गरिने रेस्टुरेन्टका क्यासियर आदर्श बस्नेतले बताए ।

इम्पोटेड डिलमा ४ वटा नयाँ फ्रेस ककटेलको प्रतिब्यक्ति २५ हजार रुपैयाँ पर्नेछ ।

लोकल डिलमा सफ्ट ड्रिङक १५ हजार रुपैयाँ प्रतिव्यक्ति पर्नेछ ।

दरवारमार्गमा रहेको नाङलो क्याफेले न्यूयर इभ र न्यूयरको दिन लाइभ कन्सर्ट गर्ने भएको छ । यी दुई दिन क्याफेमा सामान्य मूल्यभन्दा १० प्रतिशत छुटका साथ सर्भ गरिने क्याफेका क्यासियर विनोद चौलागाइले बताए ।

ठमेलमा रहेको रिफ क्याफेले पनि नयाँ वर्षको दिन कनसर्टको व्यवस्था गरेको छ । नयाँ वर्षको दिन क्याफेले प्रतिव्यक्ति १ हजार रुपैयाँ टिकटको पनि व्यवस्था गरेको छ ।


क्लिकमान्डु