नयाँ वर्षमा मोबाइल किन्नेलाई यस्तो अफर




काठमाडौं । नेपाली पात्रोमा नयाँ बर्ष नजिकिएसँगै मोबाइलमा छुटको अफरहरु देखा पर्न थालेका छन् । मोवाईल कम्पनीहरुले चाडपर्वको अवसरमा विशेष छुट दिने गरेको पाइन्छ ।

नयाँ बर्षको अवसरमा मोबाइल कम्पनीले ग्राहकका लागि क्यास ब्याकदेखि स्कुल ब्यागसम्मको अफरहरु सार्वजनिक गरेका छन् ।

सामसंग

सामसंग जे सेभन म्याक्सले नयाँ बर्षको अवसरमा २२ सय ५० रुपैयाँ छुट गरेको छ । बजारमा २८ हजार ५ सय रुपैयाँमा पाइने सामसुङ्को जे सेभेन म्याक्स २६ हजार २ सय ५० रुपैयाँमा पाउन सकिन्छ ।

३२ हजार ९ सय रुपैयाँमा उपलब्ध जे सेभेन प्रोे ३० हजार ९ सय रुपैयाँमा किन्न सकिन्छ । जे सेभेन प्रोेमा २ हजार रुपैयाँ छुट दिइएको हो ।

२८ हजार ९ सय रुपैयाँमा उपलब्ध जे सेभेन प्राइमको २७ हजार ७ सय रुपैयाँमा किन्न सकिन्छ । जे सेभेन प्राइममा १२ सय रुपैयाँ छुट दिइएको छ ।

२५ हजार ५ सय रुपैयाँमा उपलब्ध जे सेभेन एन एक्सटी २० हजार ९ सय ९० रुपैयाँ किन्न सकिन्छ । जे सेभेन एन एक्सटीमा ४५ सय १० रुपैयाँ छुट दिइएको हो ।

२५ हजार ५ सय रुपैयाँमा उपलब्ध एन एक्सटी २० हजार रुपैयाँमा किन्न सकिन्छ । साथै उपहार स्वरुप ३२ जीबी मेमोरी कार्ड पनि निःशुल्क प्राप्त गर्न सकिन्छ ।

८५ हजार रुपैयाँमा उपलब्ध एस सेट प्लस ७९ हजार ९ सय रुपैयाँमा किन्न सकिन्छ ।

७५ हजार रुपैयाँमा उपलब्ध ए सेट ६९ हजार ९ सय रुपैयाँमा किन्न सकिन्छ ।

ह्वावे

ह्वावे मोवाइलले पनि नयाँ बर्षको अवसरमा विभिन्न प्रकारका छुटका अफर बजारमा ल्याएको छ ।

ह्वावे एसइइ परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर अफरहरु ल्याएको छ । ह्वावेले नोभा टु आइ, वाइ थ्री वान सेभेनदेखि ट्याब सम्ममा गिफ्ट र छुटको अफर ल्याएको हो ।

ह्वावेको नोभा टु आइ र नोभा टु आइ लाइटको खरिदमा ग्राहकलाई स्कूल व्याग दिने व्यवस्था गरेको छ ।

यसरी नै हुवाइको वाइ थ्री सेभेन्टीन , वाइ फाइभ सेभेन्टीन , वाइ थ्री टु र ट्यावमा समेत छुटको व्यवस्था गरेको छ । यी फोनहरु खरिद गर्दा पावर बैंक र फोन स्ट्याण्ड उपहार दिएको छ ।

सोनी

सोनीको एक्सपेरिया एक्स ए मा नयाँ बर्षको अवसरमा २ हजार रुपैयाँको छुटको अफर ल्याएको छ । एक्सपेरिया एक्स एको बजार मूल्य १७ हजार रुपैयाँ छ ।

एक्सपेरिया एक्स ए अल्ट्रामा २ हजार रुपैयाँ छुट र ३२ जीबी मेमोरिकार्ड निःशुल्क पाइन सकिन्छ । एक्सपेरिया एक्स ए अल्ट्राको बजार मूल्य २८ हजार रुपैंया छ ।

एक्सपेरिया एक्समा ३ हजार रुपैयाँ छुट छ । यसको बजार मूल्य ३२ हजार रुपैयाँ छ ।

एक्सपेरिया एक्स टुवान डुवेल ७४ हजार ५ सय रुपैंया पर्छ । एक्सपेरिया एक्स टुवान डुवेलको खरिदमा ग्राहकलाई ५ हजार रुपैयाँको क्यास ब्याकको अफर राखिएको छ ।
एक्सपेरीया एक्स टु एस डुवेल ५४ हजार रुपैंयामा उपलब्ध छ । ग्राहकले यसमा ४ प्रतिशत छुट पाउन सक्छन् ।

एक्स्पेरिया एक्स ए वान अल्ट्रा डुवेलको बजार मूल्य ४० हजार रुपैँया छ । यो मोडल खरिद गर्दा ग्राहकले २ हजार रुपैयाँ क्यास ब्याक पाउने छन् ।

एक्सपेरिया एक्स ए वान डुवेलको बजार मूल्य २८ हजार रुपैयाँ छ । यो सेट खरिदमा ग्राहकले ४ हजार रुपैयाँ क्यास ब्याक पाउने छन् ।

एक्सपेरिया एल वान डुवेलको मूल्य २० हजार रुपैंया छ । यो मोडल खरिद गर्दा ग्राहकले ३ हजार रुपैंया क्यास ब्याक पाउने छन् ।

एलजी
एलजी मोबाईले नयाँ बर्षको उपलक्ष्यमा ग्राहकलाई १० प्रतिशत छुट र गिफ्ट ह्यापरको व्यवस्था गरेको छ । यो योजना आगामी वैशाख १० गतेसम्मलाई लागू हुने कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु