सलमान खानलाई जेल सजाय हुँदा लगानीकर्ताको डुब्यो ८० करोड



नयाँ दिल्ली । हिरणलाई मारेको २ दशक पुरानो मुद्दामा बलिउड अभिनेता सलमान खानलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ ।

बलिउड अभिनेतलाई जेल सजाय सुनाएको असर भारतका सबैभन्दा ठूला सेयर लगानीकर्तालाई भने ठूलो झड्का लागेको छ । उनले करिब ६ करोड योसँगै गुमाएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

सलमानको च्यारिटिएबल ट्रस्ट बिइङ ह्युमान कम्पनी मधाना रिटेल भेन्चरका सँग डिल गरेको थियो । यो कम्पनीमा झुनझुनवालाको १२.७४ प्रतिशत सेयर स्वामित्व रहेको छ । सलमान खानलाई सजाय भएपछि मधाना रिटेलको सेयर मुल्य १६ प्रतिशतले घटेको छ । स्टकको मुल्य घटेपछि झुनझुनवालको सम्पत्तिको ६ करोड भारतीय रुपैयाँले घटेको छ ।

सलमान खान र झुनझुनवाला एक खास सम्बन्ध रहेको छ । सलमान खानको च्यारिटेबल ट्रस्ट बिइङ ह्युमानसँग मधाना रिटेल भेन्सरसँगको सम्झौता छ । यो सम्झौता अनुसार बिइङ ह्युमानको प्रोडक्टको बिक्री रिटेल भेन्चरले गर्छ ।

सलमान खानलाई दोषी भएको अदालतले फैसला गरेपछि रिटेल भेन्चर्सको सेयर मुल्यमा ठूलो मात्रामा गिरावाट आयो । मुम्बई स्टक एक्सचेन्जमा मधानाको सेयर मुल्य १५.७६ प्रतिशत घटेर १११.२५ भारुभन्दा कमी आयो । जसले झुनझुनवालालाई ६ करोड रुपैयाँ घाटा लाग्यो ।

सन् २०१२ मा सलमान खानले बिइङ ह्युम्यानको सुरुवात गरेका थिए । यसको ग्लोबल लाइसेन्स मधाना रिटेल भेन्चर्ससँग रहेको । मधानाको १५ देशमा ६ सयभन्दा बढी बिक्री कक्ष रहेको छ ।
मधाना रिटेलको सेयर मुल्य घट्दा झुनझुनवाललाई मात्र नोक्सान भएको छैन । मधानाको लगानीकर्ताले पनि ५० करोड भारतीय रुपैयाँ गुमाएका छन् ।

मधानाको बजार पुँजीकरण २ अर्ब ९२ करोड भारु थियो । जुन घटेर २ अर्ब ४६ करोड भारुमा झरेको छ । ऐजेन्सी


क्लिकमान्डु