नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।

सो सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स प्रमुख कर्पोरेट मार्केटिङ पवन कुमार खड्का र एभरेष्ट बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन्।

यो सम्झौतासँगै  एभरेष्ट बैंकका नेपालभर रहेका शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटोछरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुनुका साथै, जीवन बीमासम्बन्धी सम्पूर्ण सेवासुबिधा प्राप्त गर्न सहज हुने बैंकले जानकारी दिएको छ।

इन्स्योरेन्सले १ सय २४ भन्दा बढी शाखा तथा उपशाखा मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

इन्स्योरेन्सको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ, चुक्तापूँजी ३ अर्ब ९ करोड रुपैयाँ रहेको जनाएको छ। त्यस्तै यस इन्स्योरेन्सको लगानी ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ४८ अर्ब रुपैयाँ रहेको छ।


क्लिकमान्डु