वार्सर्टाइनर वियर नेपाली बजारमा



क्रोमर नाम सन् १७५३ देखि नै वार्सटाइनर सँग परिचितहुँदै आएको छ । क्याथरिना क्रेमरको नेतृत्वमाआज यस परिवारको नवौँ पुस्ताले वियर उत्पादनमाउत्कृष्टताको लामो इतिहास बोकेको छ ।

वार्सटाइनर ग्रुपजर्मनीको अग्रणी स्वतन्त्रब्रुअरी हो जो उत्कृष्ट बियर उत्पादनगर्न २६० बर्ष भन्दा पहिले देखि प्रख्यात छ । वार्सटाइनर ब्राण्ड जर्मनीको सबैभन्दा सफलब्रुअरीहरु मध्य एक हो। वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।

बर्षैभरी निरन्तर उच्च स्तरीय बियर उत्पादतगर्ने प्रतिबद्घताका साथवार्सटाइनर ब्रुअरीले विश्वस्तरीय प्रविधि, नविननापतौल तथा अत्याधुनिक उत्पादन प्रविधिद्वारा प्रिमियम बियरको उत्पादन गर्ने अठोट लिएको छ ।

यस कडा नियन्त्रण प्रव्रिmयाले गर्दा वार्सटाइनर बियर अन्तर्राष्ट्रिय स्तरको डिआइएन एन आइएसओ २२०००ः२००५ फुड सेफ्टी सर्टिफिकेट प्राप्त गर्ने विश्वकै प्रथम ब्रुअरी भएको छ । सन २०११ पश्चात यस कम्पनीअन्तर्राष्ट्रिय मापडण्डको डिआइएन एम आइएसओ २२०००ः२०१० बाट प्रमाणित हुँदै आएको छ ।

वार्सटाइनर बियर, जावलाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा आज औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

उक्त कार्यक्रममा वार्सटाइनर ग्रुप बोर्डको धनी तथा अध्यक्ष क्याथरिना क्रेमर तथा जर्मन प्रतिनिधिहरु, राजब्रुअरी प्रालिका प्रतिनिधिहरु, प्रेसका सदस्यहरु त्थाअन्य विशिष्ट व्यक्तिहरु माझवार्सटाइनर बियर सार्वजनिक गरियो ।

आफ्नो देशभर पैmलिएको वितरण सञ्जालद्वारा वार्सटाइनर प्रिमियम बियर देशभरका बियर पारखीहरु माझ उपलब्ध गराइने छ ।


क्लिकमान्डु