एन आई सी एशिया बैंक लिमिटेडको भारतबाट इनवार्ड रेमिटेन्स सुरु



एन आई सी एशिया बैंक लिमिटेडले एक्सिज बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ ।

बैंकले यस सम्बन्धमा एक्सिस बैंक लिमिटेड भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा अवस्थित ३५ भन्दा बढी शाखाबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १९२ शाखा तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिबाट भुक्तानी पाउन सकिने छ ।


क्लिकमान्डु