सांग्रिला डेभलपमेन्ट बैंकद्धारा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम सम्पन्न



काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकद्धारा यही मिति २०७४ साल चैत्र १७ गते केएफए सँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सफलतापुर्बक सम्पन्न गरेको छ ।

उक्त तालिममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली तथा केएफए का तर्फबाट रेष्टा झा तथा जस्मीन हाटा उपस्थीत थिए । उतm तालिमबाट बैंकका बिभिन्न तहका ४० जना भन्दा बढी कर्मचारी लाभान्वीत भएका थिए ।

बैँकले बिभिन्न बिमा कम्पनीसँग सहकार्य गरी आफ्ना ग्राहक बर्गलाई जिवन र निर्जिवन बिमाका बिबिध सेबाहरु प्रदान गर्ने कुरा नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका थिए । बैंकले देशका बिभिन्न स्थानमा शाखा बिस्तार गर्न लागेको हुदाँ बिमा सम्बन्धीको सेबा पनि जनतामा बिस्तार हुने बिश्वास लिएको छ ।


क्लिकमान्डु