वाणिज्य बैंकले विदेशबाट पैसा ल्याउन पाउने, घरजग्गा र सेयरमा कर्जा दिन नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशबाट पैसा ल्याउन दिने बाटो खुल्ला गरेको छ ।

राष्ट्र बैंकको संचालक समितिले पास गरेको कार्यविधी अनुसार सो व्यवस्था केन्द्रीय बैंकले कार्यान्वयन गरेको हो ।

राष्ट्र बैंकले बैंकहरुको प्राथमिक पुँजीको २५ प्रतिशतसम्म रकम भित्राउन दिने निर्णय गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा यस्तो रकम जलविद्युत् उत्पादन प्रशारण लाइन,सडक सुरुङ मार्ग,केवल कार,भौतिक पूर्वाधारका क्षेत्रमा दिन मिल्ने छ ।

विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्रमा कर्जा दिन सक्ने छन् ।
यसरी बैंकले ल्याउने ऋणको भुक्तानी अवधी १ देखि ५ वर्षसम्मको हुने छ ।
यसरी आउने रकमलाई वाणिज्य बैंकले अन्तर बैंक कारोबारमा लगाउन पाउने छैनन् ।


क्लिकमान्डु