सेयर लगानीकर्तालाई गभर्नरको आश्वासनः नआत्तिनुहोस् बैंकमा पैसा बढेको छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले बैकिङ प्रणालीमा पैसा थपिदै गएको हुँदा चिन्ता नलिन बताएका छन् ।

नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर नेपालले सेयर बजार निरन्तर घट्दै गएकोमा चिन्ता व्यक्ति गर्दे समस्या समाधानको लागि पहल गर्ने बताए ।

उनले बैंकमा निक्षेप बढेको हुँदा लगानीकर्तालाई नआत्तिन आग्रह गरेका थिए ।
नेपाल पूँजी बजार लगानीकर्ता संघ र नोवल इनिसियसन नेपालको प्रतिनिधि मण्डलले गभर्नर नेपालसँग पुाजी बजार घट्दो क्रममा रहेको भन्दै सुधारको कार्यक्रम ल्याउन आग्रह गरेका थिए ।

उनीहरुले सेयरधितोको कर्जा ८० प्रतिशत बनाउनुपर्ने,सेयर धितोकर्जाम लगाइएको पुँजीगत जोखिमको भार १५० प्रतिशतबाट १०० प्रतिशत पुर्याउनुपर्ने वाणिज्य बैंकलाई ब्रोक्रर लाइसेन्स दिनुपर्ने लगायतका माग राखेका छन् ।


क्लिकमान्डु