ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पताल बीच सम्झौता सम्पन्न



ग्लोबल आइएमई बैंक र नेपाल मेडिसिटी अस्पताल बीच मिति २०७४ चैत्र २० गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको छ ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल बीच हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट क्रेडिट र डेबिट कार्ड लिएका बैैंकका ग्राहक तथा बैंकका कर्मचारी एंव कर्मचारीका परिवारले हस्पिटलले प्रदान गर्ने सेवामा १० प्रतिशत सम्म छुट पाउने छन् ।

यद्मपि, औषधी, उपभोग्य वस्तु, प्रयारोपण सामाग्री एंव चिकित्सकको परामर्श शुल्कमा भने छुट पाइने छैन ।


क्लिकमान्डु