नेप्सेको वेवसाइटमा समस्या



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को वेवसाइटमा समस्या देखिएको छ । नेप्सेको दुईवटा वेवसाइट नेपालस्टकएक्सचेन्जडटकम र नेपालस्टकएक्सचेन्जडटकमडटएनपीमा समस्या देखिएको हो ।

सर्भरमा समस्या देखिएको कारण वेवसाइट नचलेको नेप्सेले जनाएको छ । दैनिक करोडौ रकम कारोबार हुने नेप्सेमा विगतमा पनि वेवसाइटमा समस्या आउने गरेको थियो ।


क्लिकमान्डु