अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट, जसले विश्वकै धनी जेफको गुम्यो एक सातामै ५ अर्ब डलर



सेयर बजारमामा सरकारमा बस्नेहरुको भनाई ज्यादै संवेदनशिल हुन्छ । नेपालमा होस् या विश्वमा राज्यको नेतृत्वमा बस्नेले गर्ने भाषणको असर सूचिकृत कम्पनीको सेयर मुल्यमा पर्छ ।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको ट्वीटको कारण विश्वका धनीमा पहिलो स्थानमा रहेका जेफ बेजोसले एक सातामा साढे ५ अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन् ।

फोब्र्स म्यागेजिनका अनुसार एकसातामा बेजोसको सम्पत्ति ५.९ अर्ब अमेरिकी डलरले गुमेको छ । फोब्र्सको रियल टाइम सूचि अनुसार अहिले उनीसँग १ खर्ब १४ अर्ब अमेरिकी डलरको सम्पत्ति छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बेजोसको कम्पनी अमेजन विरुद्ध सिरिजमा ट्वीट गरेका थिए ।

उनले ट्वीटमा भनेका छन्,‘केवल मुर्ख, खराब व्यक्तिले भनेका घाटामा गएको हुँदा हाम्रो हुलाकले अमेनसँग पैसा कमाएका छन् । तर,त्यो भन्दापनि हाम्रो कर तिर्ने खुद्रा बिक्रेताको पसल बन्द भएको छ ।’

अनलाइन ट्रेडिङ गर्ने अमेजन संसारको ठूलो अनलाइन ट्रेडिङ कम्पनी हो । जसले परम्परागत ब्यापार प्रणालीमा नै परिवर्तन ल्याइदिएको छ । उनले खुद्रा पसललाई समाप्त पारेको हुलाकसँग पार्सल वापत २ अर्ब डलरभन्दा बढी रकम अमेजनले तिनुपर्ने विषयमा समेत विचार राखेका छन् ।

अमेरिकाको राजनीतिक प्रणालीमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति अन्त्यन्त शक्तिशाली हुन्छ । ट्रम्प आफै रियलस्टेटका ब्यापारी हुन् । जसको सम्पत्ति फोब्र्सका अनुसार ३ अर्ब अमेरिकी डलरभन्दा बढी छ ।

ट्रम्पले गरेको ट्वीटपछि सेयर बजारमा भने यसको असर देखा परिहाल्यो । अमेजनको सेयर मुल्य ओरालो लाग्न थाल्यो ।

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएपछि पनि अमेजनमाथी आक्रमण गरेका थिए । अमेजनको प्रमुख लगानी रहेको पत्रिका वासिटन पोस्टले ट्रम्प राष्ट्रपतिको उम्मेद्वार बन्ने निर्णय गरेसँगै निरन्तर आलोचना गरेर समाचार प्रकाशित गरिराखेको छ । ऐजेन्सी

 


क्लिकमान्डु