एसइइ दिने विद्यार्थीलाई एक रुपैयाँमा एनसेलको सिम, प्रत्यक रिर्चाजमा सय एमबी डाटा निःशुल्क




काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘‘पहिलो सिम’ ल्याएको छ ।

योजनाअन्तर्गत परीक्षार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । यसका साथैपरीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् ।

कम्पनीको अनुसार सो अफर सोमबारदेखि लागु हुनेछ । एसइइ परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्।

योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्ने ग्राहकले ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रतिमिनेट कर बाहेक ९९ पैसा शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्ने जनाइएको छ ।

साथै एक वर्षसम्म ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्तगर्ने छन् ।

डेटा योजना

एसइइ परीक्षार्थी लगि ल्याइएको विषेश डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजना अन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत कर सहितमात्र २० रुपैयाँमा ३०० एमबि डेटाको मजा लिन सक्ने बताइएको छ । यो अफर अन्तर्गत परिक्षार्थीले कम्तिमा ७ पैसा प्रतिएमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने कर सहित मात्र २० रुपैयाँमा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजे सम्म अनलिमिटेड डेटा सेवाको लाभलिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागिमान्य रहनेछ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरि सो अफर अन्र्तगतको डेटाको लिन कम्पनीको भनाइ छ ।


क्लिकमान्डु