ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता




काठमाडौं । ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमकाबीच बैंक का.मु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता गरिएको हो ।

बैंकका ग्राहकहरुले कुनैपनि शाखाबाट इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । निकट भविष्यमा नै बैंकको १० वटा नयाँ शाखा संचालनमा ल्याउने जानकारी दिएको छ ।


क्लिकमान्डु