वाणिज्य सचिवकै अघि व्यवसायीको गुनासो एउटा पनि गतिलो सचिव देखिएनन्



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा निर्णय प्रक्रियालाई परिवर्तन गर्न सक्ने केहीपनि नेपाल सरकारका सचिव नभएको बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)को कार्यक्रममा बोल्दै शर्माले आफुले केही दिन अगाडि परिवर्तन गर्न सक्ने र राम्रो खालका १० सचिवको नाम दिन भन्दा आफुले एकजनापनि दिन नसकेको बताए ।

उनले सो कुरा बताउदा उद्योग वाणिज्य तथा आपूर्ति सचिव चन्द्र घिमिरे भने मन्चमा मुस्कुराउदै थिए ।

वाणिज्य सचिवपछि औद्योगिकरणको चौथो परिवर्तनको विषयमा धारणा राखेका शर्माले सचिव घिमिरेलाई बोल्ड निर्र्णय गर्न सुझाव दिए । ‘केही आट गर्नुहोस् सचिव ज्यू साथ दिने हामी छौ।’

उनले औद्योगिकरणको चौथो जेनेरेशन आएपनि नेपाल सरकारको काम कारवाही भने दोस्रो जेनेरेशनको भएको टिप्पणी गरे ।


क्लिकमान्डु