उद्योग वाणिज्य महासंघका महासचिव श्रेष्ठले दिए राजिनामा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठले राजिनामा दिएका छन् । श्रेष्ठले चैत २ गते राजिनामा बुझाएका हुन् ।

श्रेष्ठले दिएको राजिनामा महासंघभित्र पछिल्लो समय देखिएको राजनीतिले महासंघको शाख गिरेको भन्दै महासंघ सुधारको लागि ११ पेज लामो पत्र लेखेर राजिनामा बुझाएका हुन् ।

नेपाल सरकारको पूर्व सचिव समेत रहेका श्रेष्ठलाई महासंघले गत जेठ ७ मा ३ वर्षको लागि नियुक्ती गरेको थियो ।
उनले महासंघको आर्थिक स्थिती समेत राम्रो नभएको राजिनामा उल्लेख गरेका छन् ।