नेप्से ६ अंकले बढ्यो, २१ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचमा ६.०४ अंकले बढेको छ । नेप्से ०.५१ प्रतिशतले बढ्दा ११९९ अंकमा अडेको हो ।

नेप्सेका अनुसार मंगलबार १६० कम्पनीको सेयर खरिद बिक्री भएका छन् । ६ लाख ६६ हजार ५ सय ९६ कित्ता किनबेच हुँदा २१ करोड ८१ लाख ६६ हजार रुपैयांको कारोबार भएको छ ।

बैंक ३.३९, ट्रेडिङ २.७, होटल १२.९९, विकास बैंक ११.१८, जलविद्युत १३.३८, बीमा २५.२८, उत्पादन मूलक ६३.०७, अन्य ५.८१ र माईक्रोफाइनान्स २.१४ अंकले बढेका छन् ।

वित्तीय समूहले १.६१ अंकले गुमाएका छन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७८ प्रतिशतले कमाइ गरेका छन् ।

बरुण जलविद्युतका लगानीकर्ताले ५.६७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु