पाँचतारा साकोसकद्धारा रक्तदान कार्यक्रम अयोजना




काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा १ सय १५ भन्दा बढीले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ ।

रक्तदानमा सहभागिलाई संस्थाले प्रमाणपत्र पनि वितरण गरेको छ ।


क्लिकमान्डु