गाडीका चालक र सहचालकले पनि अब नियुक्तिपत्र पाउने




काठमाडौं । सरकारले सर्वाजनिक सवारी साधनमा काम गर्ने चालक तथा सह–चालकलाई पनि गाडीवालाले अनिर्वाय रुपमा नियुक्तिपत्र दिनुपर्ने नयाँ नियम ल्याएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को संसोधन गर्दै सार्वजनिक सवारी साधनमा काम गर्ने मजदूरलाई नियुक्ति–पत्र अनिवार्य गरिएको हो ।

यसअघि विभिन्न यातायात व्यवसायी समितिको सिफारिसमा रुट परमिट दिदै आएको थियो । अबदेखि यस्तो ब्यवस्था हटाएर कम्पनी वा फर्म मार्फत पन्जीकरण भएर आएका सवारी साधानलाई मात्रै संचालन अनुमति (रुट परमिट) दिइने ब्यवस्था विभागको छ ।

सार्वजनिक सवारी सञ्चालनका लागि कम्पनी वा फर्म मार्फत पन्जीकरण हुने पर्ने र कम्पनी वा फर्मले नै सवारीमा राख्ने कर्मचारीलाई नियुक्तिपत्र दिनु पर्ने व्यवस्था गरिएको हो ।

सार्वजनिक सवारीमा अहिले काम गर्ने मजुरको सेवा सुविधा अति नै न्युन भएको र रोजगारीको सुनिश्चितता नभएको गुनासो आएपछि यस्तो ब्यवस्था गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउँछन् ।

यो नियम लागू भएसँगै अब सार्वजनिक सवारी साधनमा काम गर्ने चालक र सहचालकलाई कम्पनीले सुविधाको विवरणसहितको नियुक्तिपत्र दिनुपर्ने छ । यो ब्यवस्थाले सार्वजनिक सवारी साधनमा बालश्रमको अन्त्य हुने विश्वास भट्टराईको छ । सवारीधनीले जथाभावी बालबालिका प्रयोग गर्ने र आवश्यक तथा न्यूनतम सेवा सुविधा पनि नदिने प्रबृत्तिको अन्त्य गर्न विभागले यस्तो नियमलाई अनिवार्य गरेको हो । यो प्रक्रियाले बेरोजगार युवाको लागि रोजगारीको ग्यारेन्ट गर्ने महानिर्देशक भट्टराईको भनाइ छ । नयाँ नियम लागू भएसँगै दुई लाख सवारीमा काम गर्ने ४ लाख युवाको रोजगारी सुनिश्चित हुने बताइएको छ ।


क्लिकमान्डु