आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच बीमा सम्झौता



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जना भन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुनेछ ।

सहकारी संस्थाले आफ्ना ग्राहकका ५० हजार रुपैयाँको औषधोपचार बीमा तथा १ लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा गरेको हो ।


क्लिकमान्डु