साञ्जेनले तथ्यांक नबुझाउँदा रसुवागडी र साञ्जेनको आइपिओ बाँडफाँड हुन सकेन, आइतबार २ बजे बाँडिने



काठमाडौं । शुक्रबार बाँडफाँड गरिने भनिएको रसुवागडी र साञ्जेन जलविद्युत आयोजनाको आइपिओ आइतबारका लागि सरेको छ ।

साञ्जेन जलविद्युत आयोजनाले सेयर बाँडफाँडसम्बन्धी निर्देशिका अनुसार तथ्यांक बुझाउन नसक्दा शुक्रबार आइपिओ बाँडफाँड हुन नसकेको रसुवागढी हाइड्रोपावरका प्रमुख माधव कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार आइतबार २ बजे चिलिमे जलविद्यतु आयोजनाको कार्यालयबाट साञ्जेन र रसुवागढीको आइपिओ बाँडफाड गरिनेछ ।

शुक्रबार आधा समयमात्रै कार्यालय खुल्ने भएकाले धितोपत्र बोर्ड र सीडीएसबीच मिलाउनु पर्ने आवश्यक व्यवस्था मिलाउन बाँकी भएकाले आइपिओ बाँडफाड गर्न नसकिएको उनले बताए ।

‘आइतबार २ बजे चिलिमेको कार्यालयबाट सबै आवेदकलाई आवेदनअनुसार सेयर बाँडफाँड गर्छौं,’ कोइरालाले भने ।


पुष्प दुलाल