वितरणमूखी कार्यक्रममा होडबाजी, राष्ट्रिय ढुकुटी रित्तोः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबीच उत्पादनमूखी कार्यक्रमभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । श्वेतपत्र सार्वजानिक गर्दै अर्थमन्त्री खतिवडाले यसअघिका सरकारले बजेट अनुशासन उलंघन गर्दा सरकारी ढुकुटी रित्तो भएको बताए ।

संसदमा श्वेतपत्र प्रस्तुत गर्दै मन्त्री खतिवडाले भने– ‘बजेट अनुशासन उल्लंघन गरिएको छ । जसकारण राष्ट्रिय ढुकुटी रित्तो अवस्थामा छ ।’

सरकारले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिँदै आगामी बजेट तथा नीति तथा कार्यक्रम ल्याउने प्रष्ट पारे ।

‘वितगमा बजेट उत्पादनमूखी भन्दा पनि वितरणमूखी बनाउने होडबाजी चल्यो,’ उनले भने ।

ब्यापार घाटा बढ्दै जानु, रेमिट्यान्सको आप्रवाह घट्दै जानु, पुनर्निर्माणको काम सुस्त हुनुलगायतका कारण पनि अर्थतन्त्रका समस्या भएको उनले बताए ।

खतिवडाले राजश्व प्रणाली नतिजामुखी नहुनुले पनि चुनौतिपूर्ण भएको बताए । त्यस्तै, संघीयता कार्यान्यवयननसँगै सरकारी खर्चको मात्रा बढे पनि त्यसअनुरुप राजश्व बढ्न नसकेको उनको भनाइ थियो ।


पुष्प दुलाल