रिलायबल लाइफ र स्पर्श लघुवित्तबीच बैकान्सुरेन्स सम्झौता




काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स र स्पर्श लघुवित्त वित्तीय संस्थाबीच बैंकान्सुरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा वित्तीय संस्थाको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का तथा इन्स्योरेन्सको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले बैंकमार्पmत आफ्ना जीबन बीमा लेखहरु बिक्री गर्नुका साथै वित्तीय संस्थाको शाखा संजाल प्रयोग गरी देशको कुना कुनामा बीमाको पहुच बिस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।


क्लिकमान्डु