प्राइम बैंकले माग्यो कर्मचारी



काठमाडौं । प्राइम बैंकले कर्मचारी मागेको छ । बैंकले १२ वटा पदमा कर्मचारी मागेको हो । माग संख्या भने तोकिएको छैन ।

उपत्यकामा रहेका बैंकका शाखा तथा उपत्यका बाहिरका शाखाका लागि ब्रान्च म्यानेजर देखि ट्रेनी एसिस्टेन्टसम्मको पदका लागि कर्मचारी माग गरिएको हो ।

बैंकले ब्रान्च म्यानेजर, अधिकारी स्तर, सञ्जाल र प्रणाली प्रशासन, कानुनी अधिकारी, चार्टर्ड एकाउन्टेन्ड, म्यानेजमेन्ट ट्रेनि, सुपरभाइजर लेभल, गोल्ड लोन एसिस्टेन्ट, एक्स्यूकेटिभ सेक्रेटरी, आइटी एसिस्टेन्ट, लिगल एसिस्टेन्ट र ट्रेनी एसिस्टेन्टको पदका लागि कर्मचारी मागिएको हो ।

ब्रान्च म्यानेजरका लागि आवेदन गर्ने व्यक्तिले कम्तिमा ५ वर्ष वित्तीय संस्थामा सो पदमा रही म्यानेजमेन्टको काम गरेको हुनु पर्नेछ ।

कार्यकारी लेभल कर्मचारीमा फर्म भर्नका लागि आवेदकले कम्तिमा ४ वर्ष कुनै वित्तीय संस्थानमा काम गरेको हुनुपर्ने छ । यो पदमा फर्म भर्ने मानिसे कम्तिमा कुनै पनि बिजनेस विषयमा स्नात्तोतर गरेको हुनु पर्ने छ ।

यस्तै सञ्जाल तथा सिस्टम एडमिनिस्ट्रेटरका लागि आवेदन दिने व्यक्तिले कम्तिमा ३ वर्ष सोही पदमा काम गरेको हुनुपर्ने छ । आवेदकले कम्तिमा स्नात्तोतर उत्तिर्ण गरेको हुनु पर्ने छ ।

यस्तै लिगल अफिसरका लागि आवेदन दिन इच्छुक व्यक्तिले ४ वर्ष कुनै पनि वित्तीय संस्थानमा काम गरेको हुनुपर्ने छ । यसका साथै शैक्षिक योग्यता कम्तिमा स्नानकोत्तर उत्रीण भएको हनुपर्ने छ ।

चार्टर्ड एकाउन्टेन्डका लागि फर्म भर्ने व्यक्ति सिए अथवा एसिसिए सम्बन्धी ज्ञान भएको हुनु पर्नेछ । ३० वर्ष मुनिका व्यक्तिले आवेदन दिन पाउने छन् ।


क्लिकमान्डु