सबै वाणिज्य बैंकको सेयर मुल्य एक हजारबाट तल झर्यो, कसको कति ?



काठमाडौं । सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । सोमबार मात्र नेप्से परिसूचक ५१.८९ अंकले घटेको छ ।

सेयर बजारको लागि बढ्दो आपूर्ति कर्जाको ब्याजदर सहयोगी नभएको बेला सरकारको नीतिले पनि घटाउनको लागि मद्दत गरेको छ ।

जसमा अर्थमन्त्री डा युवराज खतिवडाको बोलीले सेयर बजारमा भूकम्प नै ल्याइदिएको छ ।

घट्दो बजार नयाँ लगानीकर्तालाई अवसरपनि पनि हो । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको अधिपत्य छ । यसमा वाणिज्य बैंकको सेयर आपूर्ति स्वभाविक रुपमा बढी हुन्छ ।

सेयर बजार घट्दै जान थालेपछि सूचिकृत २७ वटा वाणिज्य बैंक सबैको सेयर मुल्य एक हजार रुपैयाँबाट तल झरेको छ ।

सोमबारको सेयर कारोबार अनुसार सेयर बजारमा वाणिज्य बैंकको सेयर मुल्य प्रतिकित्ता ९२५ रुपैयाँ रहेको छ । अघिल्लो सातासम्म एक हजारभन्दा बढी सेयर मुल्य हुने नबिल बैंकमात्र रहेकोमा सेयर निरन्तर घट्दै गएपछि नबिलको पनि प्रतिकित्ता ९२५ मा झरेको छ ।

त्यसपछि नबिलपछि दोस्रोमा सेयर मुल्य हुनेमा स्टाण्डर्ड चार्टर्ड बैंक रहेको छ । यसको सेयर मुल्य प्रतिकित्ता ८३० रहेको छ ।

सबैभन्दा कम सेयर मुल्य हुने वाणिज्य बैंकमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको सेयर मुल्य १४० छ । सिभिलपछि सस्तो सेयर मुल्य भएको बैंकमा जनता बैंक प्रतिकित्ता १४९ रुपैयाँ रहेको छ ।

त्यसपछि सेन्चुरी बैंक प्रतिकित्ता १६३ छ । मेगा बैंकको सेयर कारोबार मर्जरको कारण नभएर ४४९ देखिन्छ । यसको सेयर कारोबार भएको भए प्रतिकित्ता २०० भन्दा तल मुल्य आउने थियो ।

अहिले २ सयभन्दा तल हुने बैंकहरु ३ वटा छन् ।

२७ वटा वाणिज्य बैंकमा २० वटा वाणिज्य बैंकको मुल्य प्रतिकित्ता ४ सयभन्दा कम छ ।

सेयर बजारका जानकारहरु लगानी गर्ने घट्दो क्रममा भएको हुँदा कम्पनीको अवस्था हेरेर लगानी गर्नुपर्ने बताउँछन् ।


क्लिकमान्डु