जाडो सकिए लगत्तै सुरु भयो कपडामा छुटको अफर




काठमाडौं । जाडो सकिए लगत्तै लगत्तै विभिन्न कपडा पसलले जाडोका कपडामा छुटको अफर ल्याएका छन् । कपडा पसलले बजारमा गर्मीका कपडामा मात्र नभएर, स्टक रहेका जाडाका कपडामा समेत धमाधम छुट दिइरहेका छन् ।

डिल्ली बजारमा रहेको ‘द ग्रीन स्काफ’ नामक पसलले लेडिज पहिरन वानपिसमा बिशेष छुट दिइरहेको छ । लेडिज कपडाको व्यापार हुने उक्त पसलमा वान पिस र टिसर्टमा ५० प्रतिशतसम्म छुट छ ।

‘हामीले जिन्सको कपडामा भने छुट दिएका छैनौं, छुटको अवसर अब एक हप्ताको लागी मात्रै हो,’ संञ्चालक नबिन क्षेष्ठले भने । जिन्स लगायतका अन्य कपडामा भने २० प्रतिशत छुट दिने गरिएको नबिनको भनाइ छ । उनको पसलमा स्टक कपडा सिध्याउन छुट दिइएको छ ।

पुतलीसडक चोक नजिकै रहेको सिल्क सेक पसलले पनि २० प्रतिशत छुटमा कपडा बिक्री गर्दै आएको छ । पसलले विषेश गरेर जिन्स कपडामा छुट दिइरहेको छ । ‘हामीले २ हजारदेखि ३ हजार रुपैयाँसम्मको कपडा बेच्दै आएका छौं,’ संञ्चालक राजेश क्षेष्ठले भने ।

दरबारमार्गमा रहेको रिबुक पसलले लेडिज र जेन्स सबै प्रकारको कपडामा छुट दिइरहेको छ । पसलले ४० प्रतिशतसम्म छुटको अफर राखेको संचालक सुवास महर्जनले जानकारी दिए । स्टक रहेका जाडोको कपडा र गर्मीका नयाँ कपडा दुबैमा छुट दिएको पाइएको छ । पसलले हाल १५ सयदेखि ४ हजार रुपैयाँसम्मको टीसर्ट र ३ हजारदेखि ४ हजार रुपैयाँसम्मको पाइन्ट बिक्री गर्दै आएको छ ।

दरबारमार्गमै रहेको बालइनो पसलले २५ देखि ५० प्रतिशतसम्म छुटमा कपडा बिक्री गरिरहेको छ । ‘अस्तिसम्म ३ हजारमा बेचेको कपडा अहिले ५ सयदेखि १ हजारमा नै बेचिरहेका छौं, यो छुट अवधि कम्पनीले कति समयलाइ दिन्छ त्यो भन्न सकिदैँन,’ संचालक सन्तु मिश्रले भने ।

विश्वज्योती मलमा रहेको ओएसिस पसलले पनि छुटको अफर ल्याएको छ । पसलले २० प्रतिशतसम्म छुटमा कपडा बेच्दै आएको संलाक एलिना राईले जानकारी दिइन् ।

विश्वज्योती मलमा विगत लामो समय देखि पसल संञ्चालन गर्दै आएका राजेश शर्माले छुटमा नै कपडा बेचिरहेको बताएका छन् । शर्माले २० प्रतिशतसम्मको अफर राखेर व्यवसाय संचालन गर्दै आएका छन् । उनले यस्ता छुट गर्मीका कपडा र वान पिसमा दिइरहेको जानकारी दिए ।


क्लिकमान्डु