पर्यटनमन्त्री अधिकारीको लक्ष्यः ५ वर्षभित्र निजगढ विमानस्थल निर्माणमा आधा काम



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अबको ५ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ५० प्रतिशत काम हुने बताएका छन् ।

प्रथम सिमरा औद्योगिक व्यापार मेला, कृषि तथा खेलकुद महोत्सव २०७४ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले २ वर्ष भित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पुर्व तयारीको काम सक्ने र पाँच वर्षभित्र ५० प्रतिशत काम सक्ने लक्ष्य लिएको बताएका हुन् ।

निजगढ विमानस्थल आयोजनाले चालू आवको ६ महिनासम्म कुनै रकम खर्च गर्न सकेको छैन । विमानस्थल निर्माणका लागि कोरियन एलएमडब्लुले तयार गरेको विस्तृत अध्यन प्रतिवेदन पनि खरिद हुन सकेको छैन । अहिले सरकारी पक्ष र अध्ययन रिपोट तयार गर्ने एलएडब्लु बीच रकम विवाद देखिएको छ ।

मन्त्री अधिकारीले यो बिमानस्थल २२ देखि २५ मुलुकको हवाई हव बन्न सक्ने बताएका छन् । विमानस्थल निर्माण भन्दा बढि पुर्ब तयारी असाध्यै समय लाग्ने भएकोले निर्माणमा सुस्तता देखीएकोले अब चाढैनै निर्माण सुरु हुने अधिकारीको भनाई छ ।


पुष्प दुलाल