चन्द्रमाको जग्गा बेचेर अर्बपति !



चन्द्रमा जग्गा बेचेर अर्बपति सुन्दा अचम्म लाग्ने कुरा हो । तर, अमेरिकामा एक व्यक्ति चन्द्रमामा जग्गा बेचेर अर्बपति भएका छन् ।

न जान मिल्ने न बस्न मिल्ने यस्तो जग्गा किन्नेहरु संसारमा धेरै छन् । यस्तो बिक्री गर्ने व्यवसाय चलाएर केही व्यक्तिले भने राम्रै पैसा कमाएका छन् ।

यो साता नेपालीले चन्द्रमा जग्गा किनेको चर्चामा आयो । नेपाली नागरिक रमेशप्रसाद जोशीले चन्द्रमामा जग्गा किनेका थिए ।

चन्द्रमामा जग्गा बिक्री गरेर अर्बपति बनेका व्यक्ति अमेरिकाका डेनिस होप हुन् । उनले विगत २३ वर्षदेखि चन्द्रमामा जग्गा बेचेका छन् । उनले यो अवधीमा १ करोड अमेरिकी डलर कमाएका छन् । चन्द्रमामा जग्गा बिक्री गरेर उनले ११ मिलियन अमेरिकी डलर कमाएका छन् ।

डेलिमेलका अनुसार उनले २३ वर्षको अवधीमा चन्द्रमामा जग्गा बिक्री गरेर ११ मिलियन अमेरिकी डलर कमाएका छन् ।
कुनैबेला हलिउडमा जम्नको लागि संघर्ष गरेका होपले गाडीको सेल्सम्यानको रुपमा पनि काम गरेका थिए ।

सयुक्त राष्ट्रसंघले पारित गरेको अन्तरिक्ष सन्धि अनुसार चन्द्रमा,अन्य ग्रह स्वामित्व कुनैपनि देशले गर्न सक्दैन । उनले देश र सरकाले गर्न नसकेपछि व्यक्तिले गर्न सक्ने भन्दै चन्द्रमामा जग्गा बेच्ने व्यवसायको सुरुवात गरे ।

उनले अहिले ७० लाखजनालाई चन्द्रमामा जग्गा बिक्री गरेका छन् । उनले चन्द्रमामा जग्गा बेच्नको लागि लुनार एम्बेसी हो । जसले चन्द्रमामा जग्गा बेच्ने काम गर्छ ।

तपाईलाईपनि चन्द्रमामा जग्गा किन्न मन लागे होपजस्ता व्यक्तिलाई धनी बनाउने मात्र हो । पैसा बढी छ र चन्द्रमामा जग्गा किने भन्नको लागि जग्गा किन्ने हो अन्यथा होसजस्तै यस्तो व्यवसाय गर्ने व्यक्तिले मात्र पैसा कमाउँछन् ।


क्लिकमान्डु