गर्मीमा वानपिस लगाउने हो ? हेर्नुस मूल्य सहितको ६ डिजाइन




काठमाडौं । गर्मिको मौसम सुरु भइसकेको छ । यो गर्मिमा कस्तो ड्रेसअप गर्ने हो भन्ने सोचमा पक्कै पनि हुनुहुन्छ होला । तपाइको सोचमा हामी केही सहयोगी हुन सक्छौं । किन भने हामीले गर्मियाममा लगाउन सजिलो र क्याज्यूअल डिजाइन भएका ड्रेसका बारेमा जानकारी दिदैछौं ।

हामीले विभिन्न स्थानमा विक्रीका लागि रहेका गर्मीका आकर्षक डिजाइनका कपडाहरुको बारेमा जानकारी दिन लागेका हौं ।

चैतयता उपत्यका लगायत सबैजसो स्थानहरुमा गर्मी बढ्दो क्रममा छ । गर्मी बढेसँगै उपत्यकाका कपडा व्यापारीहरुले महिलाहरुले लगाउने विभिन्न डिजाइनका गर्मीमा लगाउने कपडाहरु राख्न थालेका छन् । केही व्यापारीहरु गर्मीकै लागि भनी कपडा भित्रिदै गरेको बताउछन् ।

१. यो गर्मी यामका लागि भनी भखरै मात्र बजारमा आएको टु पिस हो । यसमा देखाइएको सट स्कर्ट अस्ट्रेलियाबाट ल्याइएको हो । यस्ता माथी लगाइएको इम्ब्रेर्याड्री ब्रालेथ थाइल्याण्डबाट ल्याइएको वाक इन स्टाइलका व्यवसायीले बताए ।

सो स्कर्ट कटनबाट बनेको हो । यसको मुल्य १ हजार ५ सय रुपैयाँ रहेको छ । इम्व्रेर्याड्री ब्रालेथ १ हजार २ सय ५० रुपैयाँमा विक्री भैरहेको छ ।

यो कपडा गर्मीयाममा साथीहरुसँगको भेटघाट, क्याज्यूअल पार्टी तथा घुमघामका लागि प्रयोग हुनसक्ने व्यवसायी बताउछन् । यो टु पिस माथी लेदर ज्याकेट पनि लगाउन सक्ने व्यवसायी बताउछन् । विश्व ज्योती मलको दोस्रो तल्लामा रहेको २६ नम्बर पसलमा यो कपडा विक्रीका लागि राखिएको छ ।

२. यो टु पिस भखरै बजारमा आएको लेटेस्ट पिस हो । ग्रन्च स्टाइलमा रहेको क्रप टिर्सको मुल्य १ हजार २ सय रुपैयाँ रहेको छ । यस्तै यसैसँग रहेको कालो जिन्स स्कर्टको मूल्य १ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।

कलेज तथा स्कुलका विद्यार्थीहरुले यस्तो ड्रेसअप गर्न बढि रुचाउने गरेको लुलुज फेसनकी व्यवसायी पबिना जोसीले बताइन् ।

३. यो पिङ्क रंगको वानपिस भखरै बजारमा आएको लेटेस्ट पिस हो । यसको मूल्य ३ हजार १ सय ९५ रुपैयाँ रहेको छ । प्रतिदिन १५ हजारसम्मको व्यापार गर्ने गरेकी न्यू ओसिसकी व्यापारी एलिना राई गर्मी भखरै सुरु भएकोले हरेक कपडामा आफुले २० प्रतिशत छुट राखेको पनि बताउछिन् ।

४. चित्रमा देखाइएको जमसुट थाइल्यान्डबाट आएको हो । सिफनबाट बनेको यो जमसुट कालो र घिउ रंगको गाडा र फिका रंगमा रहेको ब्राण्डस् फर देसका व्यवसायी राजेश शर्माले बताए ।

यसको मूल्य १ हजार ९ सय रुपैयाँ रहेको छ । सो पसलमा गर्मिका लुगाहरु २० देखि ३० प्रतिशत छुट्का साथ विक्री भैरहेको शर्माले बताए ।

५. यो टु पिस गर्मीका लागि आएको हो । यसमा सेतो क्रप टिसर्ट र लाइट पिंक रंगको वानपिस कनेक्ट गरिएको छ । यसको मूल्य २ हजार ९ सय ९० रहेको छ । यसमा २५ प्रतिशत छुट रहेको बाल्नो पसलका व्यवसायी सन्तु मिश्रले बताए ।
दरवारमार्गमा रहेको सो पसलमा महिला तथा पुरुसहरुको सबै कपडाहरु २५ देखि ५० प्रतिशत छुटका साथ विक्री भैरहेको मिश्रले जानकारी दिए ।

६. तस्बिरमा देखाइएको वानपिस सिफनको हो । यसको दाया बाया र्दु पटि लेसको छुट्टै डिजाइन राखिएको छ । यसको मूल्य १ हजार ७ सय ९५ रुपैयाँ रहेको छ । गर्मिका लागि राखिएको यो वानपिसमा २० प्रतिशत छ्ुट राखिएको यू ओसिसकी व्यवसायी एलीना राइले बताइन् । यो हाल ३ वटा रंगमा विक्रीका लागि राखिएको छ । यो वान पिस ग्रे, मरुन र सुन्तला रंगमा उपलब्ध छ ।


क्लिकमान्डु