सेयरधनीलाई नेपाल लाइफको बम्बर प्रतिफल, २८ प्रतिशत नगद र ४२ प्रतिशत बोनस सेयर




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बम्पर प्रतिफल घोषणा गरेको छ । जीबन बीमा कम्पनीमा अग्रणी नेपाल लाइफले सेयरधनीलाई २८.५३ प्रतिशत नगद लाभांश र ४२ प्रतिशत बोनस सेयरको घोषणा गरेको हो ।

कम्पनीले चैत २८ गते बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभा बिरगन्जमा हुनेछ ।

कम्पनीले घोषणा गरेको प्रतिफल लिनको लागि चैत १३ गतेभित्रमै सेयर किनिसक्नु पर्नेछ । सो मितिभन्दा अगाडि कायम रहेका सेयरधनीले नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् ।

कम्पनीले चैत १४ देखि साधारणसभा हुने दिन अर्थात चैत २८ गतेसम्म सेयर दाखिला बन्द हुने जानकारी गराएको छ ।


क्लिकमान्डु