धनी मन्दिरबाट ४० करोडको कालोधन निस्कियो



भारत सरकारले नोटबन्दी कार्यक्रम संचालन गरेको एकवर्षभन्दा बढी भइसक्यो । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले घोषणाले ५०० र १००० दरका नोटहरु कागज सरह भए ।

नोटबन्दीपछि अधिकाशं नोट बैकिङ प्रणालीमा फर्केको थियो । तर,५०० र १००० दरका नोटहरु मन्दिरमा दान चढाउने क्रम भने यसपछि बढ्यो ।

भारतको सबैभन्दा धनी मन्दिरको रुपमा तिरुपतीको बालाजी मन्दिरलाई लिइन्छ । नोटबन्दी अहिलेसम्म तिरुपतिको मन्दिरमा २५ करोड भारतीय रुपैयाँ दानपत्रबाट निस्केको छ ।

नोटबन्दीपछि भक्तजनले नचल्ने नोट मन्दिरमा चढाएका हुन् । मन्दिर व्यवस्थापनले भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियासँग सहयोगको लागि मद्दत मागेको छ ।

कानूनी रुपमा ५०० र १००० का नोट साट्ने समय सकि सकेको छ । आरबिआईले नोट साट्न नसकिने जानकारी पठाएको छ ।

आरबिआईले नोट साट्नको अरुले पनि दवाव बढाउने भन्दै नोट नसाटिने जनाएको छ ।


क्लिकमान्डु