चैत ९ गते आईटी रोजगार मेला आयोजना हुने



काठमाडौं । आईटी अध्ययन गरेकाहरु बेरोजगार बस्नु नपर्ने भएको छ । आइटी अध्ययन गरेका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्नका लागि डेर वाकले चैत्र ९ गते डिडब्लुआईटी रोजगार मेला २०१८ आयोजना गर्ने भएको छ । मेला सिफल स्थिति डेर वाक कम्प्लेक्स भित्र आयोजना हुनेछ ।

आईटी अध्ययन गरेका विद्यार्थीहरुलाई आईटी कम्पनीमा जागिर खाने वातावरण निर्माण गर्नका लागि मेला अयोजना गर्न लागिएको मेलाका प्रबन्धक सम्झना पोखरेलले बताइन् ।

‘आइटी अध्ययन गरेका धेरै नेपाली युवाहरु रोजगारबाट वन्चित छन्, रोजगारदाता र सिपका बाबजुत रोजगारीबाट बन्चित भएकालाई मेला मार्फत् रोजगार हुने वातावरण सृजना हुनेछ,’ पोखरेले भनिन् ।

मेलामा आईटी कम्पनीका ३० वटा स्टलहरु रहने छन् । ती स्टलबाट आईटी विद्यार्थीहरुले आईटी कम्पनीहरुको बारेमा जानकारी लिनसक्नेछन् ।

साथै, स्टलबाटै विद्यार्थीहरुले रोजगारीको अवसर पनि प्राप्त गर्न सक्नेछन् । विभिन्न आईटी कम्पनीका स्टलले विद्यार्थीसँग मेलको समयमै अन्तरवार्त लिएर वा उनीहरुको सर्टिफिकेट जाँच गरेर रोजगारीको अवसर प्रदान गर्ने उनीले बताइन् ।

गत बर्ष पनि डिडब्लुआईटीले रोजगार मेला अयोजना गरेको थियो ।

त्यस समय स्थाति कम्पनीहरुसँगको सहकार्यमा मेला आयोजना गरिएको पोखरेलले बताइन् ।

‘यस बर्षको मेलमा अधिकतम आईटी विद्यार्थीलाई रोजगारीको अवसर सृजना गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि नयाँ आईटी कम्पनीहरुलाई पनि मेलामा समावेश गर्दैछौं,’ पोखरेलले भनिन् ।

गत वर्षको मेलाबाट करिब १ हजार २ सय विद्यार्थीले रोजगारी प्राप्त गरेको पोखरेलको दाबी छ ।
यस बर्ष मेलाबाट अधिकतम विद्यार्थीले रोजगारी प्राप्त गर्न सकुन भने चैत ६ गते ओरेन्टेसन् कक्षाको पनि व्यवस्था गरिएको आयोजकले बताए । मेलामा विद्यार्थीहरु निःशुल्क अवलोकन गर्न सक्नेछन् ।

मेलामा स्टल राख्ने कम्पनीहरुका लागि श्रेणी अनुसारको शुल्कको व्यवस्था गरिएको छ । प्याकेज एमा प्रतिस्टलको मूल्य २० हजार रुपैयाँ, प्याकेज बीमा १० हजार रुपैयाँ, प्याकेज सीमा प्रतिस्टल ५० हजार रुपैयाँसम्म तोकिएको छ ।

हालसम्म १८ वटा कम्पनीहरुले स्टल बुक गरिसेका छन् । कम्पनी रजिस्टरका लागि www. jobfair.dwit.edu.np   वेवसाइटबाट अगइन गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।


क्लिकमान्डु