चैत्र ८ गतेदेखि तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यपार मेला २०१८ आयोजना हुने



काठमाडौं । आगामी चैत ८ गतेदेखि तेश्रो महिला उद्यमी व्यपार मेला २०१८ आयोजना हुने भएको छ । महिला उद्यमीद्धारा आयोजित मेला चैत्र ८ गतेदेखि १२ गतेसम्म ललितपुरस्थित हेरिटेज गार्डेनमा संचालन हुनेछ ।

करिब ७० लाख रुपैयाँ लगानीमा आयोजना हुन लागेको मेलामा ७७ जिल्लाका महिला उद्यमीले निर्माण गरेका हस्तकता प्रदर्शनीमा राखिने छ । प्रत्यक जिल्लाबाट २ महिलाहरुको हस्तकलाहरु पनि प्रदर्शनीमा राख्न लागिएको महासंघकी महासचिव दर्शना श्रेष्ठले बताइन् ।

हरेक मेला आयोजना भृकृटिमन्डपमा हुने भए पनि त्यहाँको खर्च प्रति दिन २ लाख बढी उठ्ने भएकाले यो पटकको मेला हेरिटेज गार्डेनमा गर्न लागिएको श्रेष्ठको भननाई छ ।

नेपालमै उत्पादन भएका वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रर्वधन गर्ने उद्देश्यका साथ प्रदर्शनी गर्न लागिएको उनले जानकारी दिइन् ।

प्रदर्शनीमा हस्तकलाका सामाग्रीहरु प्रदर्शनी तथा विक्रीका लागि राखिनुका साथै नेपालीका खाना तथा एग्रो प्रोडक समेत प्रदर्शनीका राखिने छ ।
मेलामा एक सय वटा स्टल हुनेछन् । ८ वटा स्टलमा भने विदेशीले प्रयोग गर्ने उनले जानकारी दिइन् ।

मेलामा नेपालसहित बंगलादेश, जर्मन, चीन, भारत, थाइल्यान्ड र पाकिस्तानका महिला उद्यमीहरुले पनि आफ्ना सामाग्रीहरु प्रदर्शनीमा राख्ने छन् ।

प्रदर्शनीमा ५० हजार भन्दा बढी मानिसहरु अवलोकनका लागि आउने अनुमान गरिएको छ । प्रदर्शनीमा हेर्न आउनेका लागि कुनै शुल्क नलाग्ने आयोजकले बताएका छन् ।

यस्तै स्टल राख्न चाहानेहरुलाई महासंघले सदस्यलाई प्रति स्टल २० हजार रुपैयाँ र अन्यलाई प्रति स्टल २५ हजार रुपैयाँमा स्टल भाडामा दिइएको छ ।

यस्तै ग्रामीण भेगबाट बोलाइएका महिला उद्यमीहरलाई भने महिला तथा बालबालीका मन्त्रालय अन्तर्गतको महिला विभागले उनीहरुलाई निशूल्क स्टल प्रदान गर्नुका साथै उनीहरुलाई खान बस्नको पनि व्यवस्था गरेको श्रेष्ठले बताइन् ।
मेलालाई अन्तराष्ट्रिय श्रम संगठन, फिन चर्च एड र मन्त्रालय अन्तर्गत महिला विभागको सहयोग रहेको छ ।

यस मेलाले नेपाली उद्यमी महिला, व्यापारी, निर्यातकर्ता र विदेशी आयात कर्ताहरुबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने सहयोग पुने अपेक्षा राखिएको महासंघकी उपसभापती रिता सिम्लाले बताइन् ।


क्लिकमान्डु