विमान दुर्घटनामा परेका घाईतेहरुको लागि रक्तदानको अनुरोध



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाका कारण रगत अभाव भएको छ । सो दुर्घटनामा परेर उपचाररत विभिन्न अस्पतालमा रहेका घाईतेहरुको उपचारका लागि रगत अभाव भएको छ ।

अस्पतालमा पुर्याईएका घाईतेहरुको उपचारका लागि अत्यावश्यक पर्ने रगतको अभाव देखिएको हो । हाल रगत अभाव भएको हुँदा विभिन्न अस्पतालहरुमा कार्यरत कर्मचारी तथा स्वयंसेवकहरुले सामाजिक संजालमार्फत रक्तदानको लागि आग्रह गर्दै पोस्टहरु गरिरहेका छन् ।

जसमध्ये अधिकांश ए ग्रुपको रगत अभाव भएको जानकारी राखिएको छ ।

तर नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित केन्द्रिय रक्त संचार केन्द्रले भने विमान दुर्घटनामा परेका घाईतेहरुको लागि नै भनेर अहिलेसम्म रगतको माग नआएको जानकारी दिएको छ ।

सो केन्द्रमा कार्यरत एक कर्मचारीकाअनुसार विमान दुर्घटना भएको थाहा हुने बित्तिकै केहि रगत छुट्याएर राखिएको र रगत अभावको समस्या अहिलेसम्म नआएको जानकारी दिए ।

‘हामीले विमान दुर्घटना भएको थाहा हुने बित्तिकै ए र वि ग्रुपका रगत छुट्याएर राखेका थियौं, आज रगत संकलन नभएको हुँदा रगत भने कम छ, केन्द्रमा कार्यरत एक कर्मचारीले भने ।

उनकाअनुसार हाल केन्द्रमा एबी र बि ग्रुपको रगत भने निकै कम स्टकमा रहेको छ । त्यसैगरि केहि रक्तदाताहरुले अहिले पनि केन्द्रमा रक्त दान गरिरहेको उनले जानकारी दिए ।

मंगलबार बिहानदेखि रक्त संकलन भएपछि रगतको स्टकमा वृद्धि हुने केन्द्रले अपेक्षा गरेको छ ।


क्लिकमान्डु