कैलाश विकास बैंकको ४४औं शाखा विराटनगरमा




काठमाडौं । कैलाश विकास बैंकले मोरङ जिल्लाको विराटनगरमा ४४ औँ शाखा स्थापना गरेको छ । बैंकले सोमबारदेखि विराटनगरको शाखा संचालनमा ल्याएको हो ।

बैंकले निकट भविष्यमा झापा जिल्लाको दमक तथा पर्सा जिल्लाको विरगंजमा शाखा बिस्तार गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।

बैंकको चुक्ता पूँजी २ अर्ब ५२ करोड रुपैयाँ छ । पुस मसान्तमा १९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले २६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको पनि जानकारी दिएको छ ।

बैंकको शाखा ४४ वटा र एटीएम २२ वटा छन् । बैंकले मोबाएल बैंकिङ, एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, सेयर लगानीकर्ताहरुको लागि सी-आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु