पोखरा फाइनान्सको शाखा भैरहवा र बेसीशहरमा




काठमाडौं । पोखरा फाइनान्सले २ वटा शाखा संचालनमा ल्याएको छ । फाइनान्सले सोमवारदेखि ११ औं शाखा भैरहवा र १२ औं शाखा बेसीशहरमा संचालनमा ल्याएको हो ।

निकट भविष्यमा नै चितवनको नारायणघाटमा समेत नयाँ शाखा संचालनमा ल्याइने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जानकारी दिए ।

फाइनान्सको चुक्ता पृ्ंजी ६५ करोड ५७ लाख रुपैयाँ छ । पुस मसान्तसम्ममा निक्षेप अर्ब ९४ करोड ७७ लाख रुपैयाँ तथा कर्जा लगानी ३ अर्ब ७० करोड १७ लाख रुपैयाँ पुर्याएको छ । साथै जगेडा कोषमा ४१ करोड ७३ लाख रुपैयाँ छ । भैरहवा तथा बेशीसहर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा सि­आश्वा लगायतका सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।


क्लिकमान्डु