बङ्ला एयरको जहाज दुर्घटनाः यी नेपालीलाई झण्डै मृत्यु बन्यो बंगलादेशको तालिम



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दुर्घटना भएको यूएस बंगलाको विमानमा पर्यटन व्यवसायीहरु समेत परेका छन् ।

नेपालका पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सी संचालन गर्ने व्यवसायी र कर्मचारीहरु समेत दुर्घटनामा परेका हुन् ।

सो दुर्घटनामा ट्रेकिंग एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० का पूर्व वरिष्ठ उपाध्यक्ष केशव पाण्डेसहित अन्य एजेन्सीमा कार्यरत कर्मचारीहरु समेत परेका छन् ।

टानका अध्यक्ष चन्द्र रिजालले दिएको जानकारीअनुसार बंगलादेशमा पर्यटन तथा ट्राभलको कार्यक्रममा सहभागी भएर फर्किएकार १४ जना नेपाली व्यवसायी तथा कर्मचारीहरु सो विमान दुर्घटनामा परेका हुन् ।

‘मलाई आएको जानकारीअनुसार टानका पूर्ववरिष्ठ उपाध्यक्ष केशव जी सहित नेपाली एजेन्सीका कर्मचारीहरु समेत दुर्घटनामा परेका छन, उहाँको अवस्था खतरामुक्त छ, तर अन्य थप जानकारी अझै स्पष्ट भईसकेको छैन्,’ टानका अध्यक्ष रिजालले भने ।

उनकाअनुसार बंगलादेशमा आयोजित पर्यटनसम्बन्धि कार्यक्रममा सहभागी भएका १६ नेपाली व्यवसायी तथा कर्मचारीहरु मध्ये २ जना आईतवार फर्किएका थिए भने बाँकी १४ जना आज यूएस विमानमा नेपाल आउँदै थिए ।

पूर्ववरिष्ठ उपाध्यक्ष पाण्डेलाई सामान्य घाईते भएका छन भने उनको उपचार मेडिसिटी अस्पतालमा भईरहेको र खतरामुक्त रहेको नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट शरद प्रधानले जानकारी दिए ।

तर अन्य पर्यटन व्यवसायी तथा कर्मचारीहरुको अवस्था भने स्पष्ट हुन नसकेको उनले बताए ।

पाण्डे माउन्टेन लिडर्स नामक पर्यटन कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत समेत हुन् । जहाज आइतबार नै उड्नु पर्ने भएपनि एक दिन डिले भएर सोमबार उडेको थियो ।


क्लिकमान्डु