सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने



काठमाडौं । सार्क राष्ट्रका अग्रणि उद्योगी व्यवसायीहरुको छैटौँ सम्मेलन सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने भएको छ । सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते नेपालमा सम्मेलन गर्न थालिएको हो ।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्क चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रिका अध्यक्ष सुरज वैद्यले जानकारी दिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा सार्क क्षेत्रको साझा संवृद्धि, सार्कदेशहरुमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिका, उर्जा र सहकारी क्षेत्रमा सार्कमा भएको सफलता र आगामी कार्यदिशा लगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ ।

सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरुले सहभागिता सुनिश्चित भएको आयोजकले जनाएको छ । त्यस्तै उपस्थतिको लागि २०० र्साक राष्ट्रका प्रतिनिधिहरु, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वहरु तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ ।

यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो ।

सार्क चेम्वरका अध्यक्ष सुरज वैद्यले  यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनु पर्ने बताउनु भयो । उहाँले सार्क क्षेत्रका सर्वसाधरण र व्यावसायिहरुले सार्कको सर्वोच्च संस्थारुपमा रहेको सार्क चेम्बरबाट धेरै आश गरेता पनि सोही राजनीतिक किचलोको कारण सोही अनुसार काम हुन नकसकेको बताउनु भयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति तथा उद्योग मन्त्रालयका सहसचिव रविशंकर सैजुले यो सम्मेलन नेपालको परिवर्तित अवस्था र नीति नियमको विषयमा जानकारी गराउनु सहयोग पुग्ने बताए।


क्लिकमान्डु