घर बनाउँदै हुनुहुन्छ ? यसरी चिन्नुहोस् गुणस्तरीय सिमेन्ट



काठमाडौं । जिन्दगीभर दुख गरेको कमाइ खर्च गरेर घर बनाइन्छ । नेपालमा संयुक्त आवासको विकास भइनसकेकाले व्यक्तिगतरुपमा घर बनाएर बस्ने चलन छ । एउटा सुन्दर र बलियो घर हरेक परिवारको सपना हो । त्यसैले घर बनाउँदा प्रयोग गरिने निर्माण सामाग्रीमा सचेत रहनुपर्छ । नत्र एकपटक गरिएको गल्तीले जिबनभर दुख पाइन सक्छ ।

विनाशकारी भूकम्प पछि देशभर सिमेन्ट, रोटा, बालुवा तथा डन्डी प्रयोग गर्दै आवस निर्माण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । भूकम्पले क्षति पु¥याएका करिब ६ लाखभन्दा बढी घर निर्माणका लागि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ जनताले लिइसकेका छन् ।

पहिलो किस्ता लिएकामध्ये करिब ३ लाख भूकम्प प्रभावितले आवास निर्माण थालिसकेका छन् । यसैगरी १ लाख ६६ हजारभन्दा बढीले दोस्रो र ४१ हजारभन्दा बढीले तेस्रो किस्ता पनि पाइसकेका छन् । रकम लिने कतिपय प्रभावितले घर निर्माणमा तीब्रता दिएका छन् भने पहिलो किस्ता लिएकाले घर निर्माणको थालनी गर्दैछन् ।

तर, बजारमा अहिले ३० भन्दा बढी कम्पनीले उत्पादन गरेको सिमेन्ट छ्याप्छ्याती छन् । बजारमा उपलब्ध सबै सिमेन्ट गुणस्तरका पनि नहुन सक्छन् । उपभोक्ता आफै पनि सचेत हुँदै गुणस्तरी सिमिन्ट छनोट गर्नुपर्ने अवस्था छ ।

सिमेन्टको बोरामा पनि हामीले सबै उपभोग गर्ने खाद्य बस्तुमा जस्तै मिति उल्लेख गरिएको हुन्छ । तर, सिमेन्ट उत्पादन गर्ने कम्पनीले उल्लेख गर्ने समयको बारेका थाहा पाउन केही सजक हुनुपर्ने हुन्छ । सिमेन्ट पनि निश्चित अवधिभित्रै उपयोग गरिसक्नु पर्छ ? नत्र सिमेन्ट पनि ‘डेट एक्सपायर्ड’ हुन्छ । जसका कारण तपाईले निर्माण गरिरहनु भएको संरचना बलियो नहुन सक्छ ।

तर, उपभोक्ताले ध्यान दिएर खोज्नु भयो भने सिमेन्टको प्रयोग कहिलेसम्म गर्ने भने कुरा हेरेर थाहा पाउनुहुन्छ । समान्यत सिमेन्ट उत्पादन भएको ६ महिनाभित्र प्रयोग गरिसक्नु पर्छ । त्यसका लागि उत्पादक तथा बिक्रेताले सही रुपमा स्टोर गरेको हुन्नुपर्छ । सही रुपमा सिमेन्ट स्टोर भएको छैन भने एकै दिनमा पनि सिमिन्टे बिग्रन सक्छ ।

सिमेन्टमा पनि उत्पादन मिति र प्रयोग गर्न अन्तिम मिति समावेश गर्ने तयारी गरिरहेको रहेको छ ।

सिमेन्ट कहिले उत्पादन गरिएको र कहिले सम्म प्रयोगकालाई गुणस्तर छ भन्ने कुरा कसरी थाहा पाउने त ? सिमेन्ट उत्पादन कम्पनीले सिमेन्टको बोरामा उत्पादनकोे व्याच नम्बरसँग मिलाएर लेखेका हुन्छन् । व्याच नम्बरका आधारमा सजिलैसगँ सिमेन्टको उत्पादन मिति र अन्तिम मिति पत्ता लगाउन सकिन्छ ।

उपभोत्ताले सिमेन्ट खरिद गर्दा सबैभन्दा पहिले सिमेन्ट उत्पादन कहिले भएको हो भनी बुझ्नलाई सिमेन्टको व्याच नम्बर हेर्नुपर्छ । सिमेन्टको बोरामा सिमेन्ट उत्पादन गर्दा कम्पनीले वर्षमा ५२ हप्ता अनुसार ५२ वटा व्याच नम्बर राखेको हुन्छ ।

जस्तै २०७४ वैशाख १ गतेदेखि ७ गते सम्मको समयमा उत्पादन गरिएको सिमेन्टमा २०७४/१ लेखिएको हुन्छ । यस्तो सिमेन्टको अन्तिम प्रयोग गर्ने समय २०७४ असोजसम्म हो भनी बुझनु पर्छ ।

बोरामा २०७४/५२ लेखिएको छ भने त्यो सिमेन्ट २०७५ को भदौसम्म उपभोग गर्नु पर्छ । त्यसैले ग्राहकले सिमेन्ट किन्दा सिमेन्टमा लेखिएको व्याच नम्बर हेरेर खरिद गर्नु पर्छ । पछिल्लो समयमा उत्पादन गरिएको व्याच नम्बर उलेख गरिएको सिमेन्ट खरिद गर्नु राम्रो हो ।


पुष्प दुलाल