भक्तपूर बागेश्वरीमा २७ करोडको हाउजिङ बन्दै, घरको मूल्य १ करोडदेखि २ करोडसम्म




काठमाडौं । खड्का एण्ड शेर हाउजिङले भक्तपूरको चाँगुनारायणमा १३ वटा घर बनाउने भएको छ । निर्माण कम्पनी सम्राज कन्ट्रक्सनसँग मिलेर घर बनाउन लागिएको हो ।

खड्का एण्ड शेर हाउजिङले किनेको करिब ४० रोपनी जग्गामध्ये पहिलो चरणमा करिब १० रोपनी जग्गामा हाउजिङ निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष शेरबहादुर मगरले जानकारी दिए ।

सो घरको बुकिङ आगामी चैतदेखि खुल्ला हुने कम्पनीले जानकारी दिएको छ । साढे २ तले घर बनाउन लागिएको छ भने यस्तो घरको लागि साढे ३ आनादेखि ६ आनासम्मको जग्गा हुने अध्यक्ष मगरको भनाइ छ ।

यस्तो घरको मूल्य १ करोड २५ लाख रुपैयाँदेखि २ करोड रुपैयाँसम्म पर्ने कम्पनीले जानकारी दिएको छ । आगामी चैतदेखि निर्माण थालिने घर बनाएर कम्पनीले अबको १७ महिनाभित्रमा बुकिङकर्तालाई हस्तान्तरण गरि सक्ने लक्ष्य रहेको कम्पनीका संचालक हिराबहादुर कार्कीले जानकारी दिए ।

कम्पनीका अर्का संचालक राजु खड्काले आफ्नै घर छिमेकमा हाउजिङ संचालनमा आएकोले अहिले ४० रोपनीबाट परियोजना सुरु भएपनि यसलाई बढाएर १०० रोपनी जग्गासम्ममा विस्तार गर्ने योजना रहेको जानकारी दिए । खड्का एण्ड शेर हाउजिङ मगर, कार्की र खड्काको संयुक्त लगानीको कम्पनी हो ।

कम्पनीले भक्तपूर चाँगुनाराणको नेपाली सेनाको खरिपाटी ब्यारेक नजिकै बागेश्वरीमा सो आयोजना निर्माण गर्न लागेको हो । सो परियोजना सम्पन्न गर्नको लागि पहिलो चरणमा बन्ने १३ वटा घरको लागि २७ करोड र बाँकी रहेको सबै जमिनमा घर बनाइसक्दा करिब १ अर्ब रुपैयाँ लगानी हुने कम्पनीका अध्यक्ष मगरले बताए ।

कम्पनीले सार्बजनिक कार्याक्रम नै गरेर सो आयोजना निर्माण सुरु हुन लागेको जानकारी दिएको छ । कार्यक्रममा ओखलढुंगाबाट प्रतिनिधिसभामा प्रत्येक्ष निर्वाचित सांसद यज्ञराज सुनुवारले अबको लक्ष्य आर्थिक विकास र समृद्धि नै भएकोले विकास, लगानी तथा ब्यवसाय प्रबद्र्धनमा राज्यले सहयोग गर्नुपर्ने र आफूले पनि सोही प्रकारको भूमिका निर्वाह गर्ने बताए ।

द्धन्द्धबिद् डा. इन्द्रजित राईले काठमाडौं उपत्यका भूकम्पीय जोखिमको उच्चबिन्दुमा रहेको भन्दै संरचना सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे ।

नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा भन्सार समिति सभापति निरज राईले लगानीको वातावरण बनाउन र ब्यवसायमैत्री वातावरण बनाउन सरकारले पहल गरेमा आर्थिक विकास र समृद्धिको सपना साकार हुने बताए । जिम्मेवार अधिकारीहरुबाटै घरजग्गा तथा सेयर बजारलाई अनुत्पादक क्षेत्रभन्दै निरुत्साहित पार्ने काम भएको भन्दै उनले त्यसमा पुनर्बिचार गर्न पनि आग्रह गरे ।


क्लिकमान्डु