अर्थमन्त्री खतिवडाले भने- भन्सारको मुहानमै कडाइ गर्छु, दरबारमार्गमा छापा हान्ने काम बन्द गर्छु



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले करमा कडाइ गर्ने बताएका छन् । सरकारले लिएको राजस्वको लक्ष्य न्यूनतम मात्रै भएको भन्दै उनले लक्ष्य भन्दा बढी राजस्व उठाउने बताए ।

चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्दै मन्त्री खतिवडाले कर प्रणालीलाई चुस्त, दूरुस्त राख्ने र कडाइ गर्ने बताए ।

‘राजस्वको लक्ष्य त न्यूनतम हो, सरकारले लक्ष्यभन्दा बढी राजस्व उठाउँछ,’ खतिवडाले भने ।

भन्सारमा कम मुल्यांकन गरेर दरबारमार्गमा छापा मार्ने काम बन्द गर्ने खतिवडाले बताए ।

मुहानमै कडाइ गरेपछि खोला शुद्ध हुने बताउँदै खतिवडाले अब सरकारले भन्सारमा कडाइ गर्ने जानकारी दिए ।


क्लिकमान्डु