यो वर्ष महंगी ५ प्रतिशतभन्दा बढी नहुने, आर्थिक वृद्धि ६ प्रतिशत



काठमाडौं । यो वर्ष महंगी ५ प्रतिशत भन्दा माथि जान नदिने सरकारले जनाएको छ । चालू आर्थिक वर्षको बजेटको मध्यवधि समीक्षा गर्दै सरकारले यस्तो बताएका हो ।

चालू आर्थिक वर्षको बजेटले महंगी ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो ।

तर, मध्यवाधि समीक्षामार्फत् ५ प्रतिशत माथि जान नदिने बताइएको हो ।

मंगलबार साढे ४ बजेदेखि अर्थ मन्त्रालयमा बजेटको मध्यावधि समीक्षा भइरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा मध्यावधि समीक्षा अर्थसचिव शंकरप्रसाद अधिकारीले पढेर सुनाएका छन् ।

त्यस्तै, यो वर्ष ६.५ प्रतिशत आर्थिक वृद्धि हुने बजेटको मध्यावधि समीक्षामा उल्लेख छ । जबकी सरकारले बजेट ल्याउँदा ७.२ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो ।

सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये १० खर्ब ८२ अर्ब रुपैयाँमात्रै खर्च हुने मध्यावधि समीक्षामा उल्लेख छ ।


क्लिकमान्डु