साढे १८ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १८.६९ अङकले बढेको छ । नेप्से १३१५.५५ बिन्दुमा अडेको छ ।

नेप्सेका अनुसार बुधबार १५८ कम्पनीको सेयर खरिद बिक्री भएको छ । १० लाख ५५ हजार ३ सय २१ कित्ता सेयर किनबेच भएको छ । ४३ करोड १७ लाख २ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ ।

बैंक १५.५५, ट्रेडिङ ३.४०, होटल २४.५६, विकास बैंक १९.९१, जलविद्युत ३ं.७३, वित्तीय ५.३३, बीमा १६१.४३ , अन्य ७.०९ र माइक्रो फाइनान्स २५.६४ अंकले बढेका छन् ।

उत्पादन मूलक समुहले २.३९ अंकले घटेका छन् ।

सूर्योदय लघुवीत्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।

भारगव विकास बैंकका लगानीकर्ताले ४.२४ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु