प्रदेश महोत्सवमा हेलिकप्टर सफारी आर्कषण बन्यो



उदयपुर । उदयपुरमा जारी पहिलो प्रदेश महोत्सवमा हेली सफारी प्रति दर्शकको आर्कषण बढेको छ । पहिलो प्रदेश महोत्सव तथा कृषि औद्योगिक ब्यापार मेलाको अवसरमा ल्याइएको हेलिकप्टर सफारी गर्न स्थानीय महोत्सव अवलोकनकर्ताले रुचाएका हुन् । त्रियुगा उद्योग वाणिज्य संघले प्रभु एयरसँग सहकार्य गरी सोमबारदेखि जिल्ला सदरमुकाम र स्थानीय पर्यटकीय क्षेत्रको उडान सुरू गरेको छ ।

जिल्ला सदरमुकाम गाईघाट सिटी अवलोकन र पर्यटकीय क्षेत्र रौता पोखरीको अवलोकनका लागि ल्याइएको हेलिकप्टरमा चढ्नेहरूमध्ये अधिकांस सदरमुकाम गाईघाट क्षेत्रका रहेको उद्योग बाणिज्य संघले जनाएको छ । सोमबार अबेर आईपुगेको हेलीकप्टरमा १२ फ्लाईटमा ३६ जना र मंगलबार २१ फ्लाईटमा ६३ जनाले हेली सफारी गरेका त्रियुगा उद्योग बाणिज्य संघको अध्यक्ष गजेन्द्र भगतले बताए ।

‘हामीले मंगलबार दिन भर फ्लाईट संचालन गर्ने सोचेका थियौ तर हावा चलेकाले फ्लाईट स्थगीत गरेका छौं, बुधबार हामी करिव ४० फ्लाईट संचालन गर्ने योजना रहेको छ,’ भगतले भने ।

हेलिकप्टरमा बालबालिकादेखि बृद्धबृद्धा सम्मले उडान गरेका छन् । उदयपुरको रौता क्षेत्रको गरिमामय साख बनाउनको लागि आन्तरिक तथा बाह्रय पर्यटकहरुको आकर्षण र महत्व सिर्जना बढाउन हेलीको उडान गरिएको अध्यक्ष भगतले बताए ।

महोत्सवमा जिल्लाको बिभिन्न उद्यमी ब्यापारीहरुको मौलिक पहिचान बनाउने स्टलहरु समेत रहेको उनले बताए । प्रतिब्यतिm ५ हजार तिरेर हेलीबाट रौता पर्यटकीय क्षेत्र घुमेका छन् । एक पटकमा ३ जनाले हेली सवार गर्न सक्नेछन् ।

मंगलबार रमाईलो साँझका लागि ख्याति प्राप्त हाँस्य ब्याङय कलाकार दर्शने र गायक कालिप्रसाद बाँस्कोटा आउने संघको प्रथम उपाध्यक्ष रमेश बिश्वकर्माले बताए । गायक हाँस्य कलाकारहरुको फ्यानको बाक्लो उपस्थित रहने समेत उनले बताए ।


क्लिकमान्डु