लुम्बिनी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन



काठमाडौं । लुम्बिनी विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन हो । बैंकले माघ ११ गतेदेखि फागुन २३ गतेसम्म हकप्रद सेयर खुल्ला गरेको थियो ।

बैंकले १० बराबर १ कित्ताको दरले २० लाख ८ हजार ८७८ कित्ता सेयर जारी गरेको थियो ।

बैंकको विक्री प्रबन्धकमा प्रभु क्यापिटल कमलादी-काठमाडौं, लुम्बिनी विकास बैंक र यसका सम्पुर्ण शाखा कार्यालयहरु, भिबोर क्यापिटल कृष्णगल्ली-ललितपुर तथा नेपाल धितोपत्र बोर्डबा इजाजतपत्र प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु छन् ।


क्लिकमान्डु