क्लालालम्पुर पुगेपछि पूर्वप्रधानमन्त्री भट्टराईले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सुझाव



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले देश बनाउनको ठूला पूर्वाधार बनाउनको लागि अर्थमन्त्री डा युवराज खतिवडालाई सुझाव दिएका छन् ।

एक कार्यक्रममा भाग लिन भट्टराई इन्डोनेसिया पुगेका छन् ।

मलेसिया ट्रान्जिट हुँदै इन्डोनेसिया पुग्नु अगाडि क्वालाम्पुरको विमानस्थल हेरेपछि भट्टराईले ट्वीट गर्दै भने,‘क्वालालम्पुरको विशालरआधुनिक विमानस्थल पुग्दा लाग्यो(हामीले कहिलेसम्म निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन विभिन्न बहानाबाजी गरिरहनेरु कहिलेसम्म काठमाण्डौको सिंगल स्ट्रीप एयरपोर्ट माथि आकासमा घण्टौं घुमिरहनेरुठुला पूर्वाधारको जग विना आर्थिक क्रान्ति हुन्न भन्ने बुझौं अर्थमन्त्रीज्यू’

इन्डोनेसिया पुगेपछि भने भट्टराईले ट्वीट गर्दै भने,‘फुच्चे बाली  इन्डोनेसियाको एअरपोर्ट पनि हाम्रो भन्दा कैयौं गुणा ठुलो र आधुनिक गाँठे१ जता गए पनि राष्ट्रिय हीनताबेधको अनुभूति हुने ! लौन केही गरौं !’


क्लिकमान्डु