‘एच् आर् मिट २०१८’ चैत ५ र ६ गते हुने



काठमाडौं । ग्रोथ सेलरले आयोजना गरेको ११औ संस्करण ‘एच् आर् मिट २०१८’ आउदो २०७४ चैत ५ र ६ गते आयोजना हुने भएको छ ।

‘मानव संसाधनले परिवर्तन ल्याउन सक्छ, मानव संसाधनलेहाक्न सक्छ’ भन्ने भावमा यस वर्ष आयोजकहरू संस्थामा सकारात्मक परिवर्तनका लागि तथा राष्ट्रलाई टेवा पुर्याउनका लागि सबैलाई मानव संसाधनलाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश दिन खोजिएको जनाइएको छ ।

यस दुई(दिने गैर आवासीय सम्मेलनमा, मानव संसाधनका विषयमा आफ्ना सत्रहरू प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताहरू हुनेछन् ।

एक्सेन्चरकि मानव संसाधन प्रबन्ध निर्देशक डाक्टर तनाया मिश्रा र एसियन पेन्ट्स प्रालि भारतका पूर्व मानव क्रमशः संसाधन प्रमुख एन् एस् आइयर यस सम्मेलनका दुई प्रमुख वक्ताहरू हुनेछन् ।

२५० भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरूलाई लक्षित यस कार्यक्रमका प्रमुख आकर्षणमा प्रमुख कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरूको प्यानल छलफल, समानान्तर सत्रहरू, प्यानल अन्तरवार्तार तनाव व्यवस्थापन तथा काम र जीवनमा सन्तुलन सम्बन्धी एकल सत्रहरू रहेका छन् ।

यस सम्मेलनले कार्यकारी अधिकृतहरू तथा मानव संसाधन विज्ञहरू बीच ‘रोजगारीको अवसर र सीपमा कमी’ का विषयमा प्यानल छलफल चलाउने योजना गरेको छ । तिन भिन्न विषयहरूमा समानान्तर सत्रहरू रहनेछन्स् संस्थागत रूपान्तरण र परिवर्तन व्यवस्थापन, संस्थामा सांस्कृतिक अनुकुलन र मानव संसाधन व्यवस्थापनका नवीन सामग्रीहरू ।

प्यानल अन्तरवार्ताको विषय ‘’मानव पुजी व्यवस्थापन गर्ने सरकारको भूमिका’ रहेनछ । हामीले आफ्नो कामका दौरान सामना गर्ने तनावको न्यूनीकरणका लागि ‘तनाव व्यवस्थापन र काम र जीवनको सन्तुलन’ विषयक एक सत्र हुनेछ ।अर्को प्यानल छलफलको सत्र ‘कार्यस्थलमा लैंगिकताका सवालहरूको सामना’ सँग सम्बन्धित रहनेछ ।
‘हामीले त्यस बेला ९२००८० देखि मानव संसाधन भेला आयोजना गरिरहेका छौ जब धेरै कम संस्थाहरूमा मात्र मानव संसाधन विभाग हुने गर्दथियो ।त्यस बेला देखि नै, हामीले निरन्तर रूपमा आफैमा नौलो यस किसिमको सम्मेलन मानव संसाधनलाई सुदृढगर्न, सशक्तीकरण गर्न तथा अझ सुसज्जित गर्न आयोजना गरिरहेका छौ,; मानव संसाधन आयोजक समितिका अध्यक्ष तथा ग्रोथ सेलर्स प्रालिका प्रबन्ध निर्देशक मोहन ओझाले सम्मेलनको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार, विभिन्न संस्थाहरूमा कार्यरत १५ सयभन्दा भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरू कार्यरत छन् ।

आयोजकहरूका अनुसार, अघिल्लो वर्षको कार्यक्रममा ठुला व्यवसायिक प्रतिष्ठान, ब्यांकिंग, उत्पादन, सुचना प्रविधि, संस्थान, गैसस र देश भरका विभिन्न क्षेत्रका २६० जतिको सहभागिता रहेको थियो र यस संस्करणका लागि पनि यतिकै अपेक्षा राखिएको छ । मानव व्यवस्थापनमा इच्छुक मानव संसाधन र गैर मानव संसाधन पेशाकर्मीहरूले यस भेलामा भाग लिन सक्नेछन् ।


क्लिकमान्डु